पोखरा १७ बैशाख
शनिवार मध्यान्न गएको भुकम्पमा परी क्षत विक्षत भएको गोरखाको खोप्लाङ गाउँमा लायन्स क्लब अफ पोखरा डाउनटाउन र क्राउड्सले राहत सामाग्री वितरण गरेको छ । क्लबका अध्यक्ष एमजेफ लायन प्रमोद लामिछाने र चिरञ्जीवी गौतमको नेतृत्वमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेतको गाउँ रहेको खोप्लाङमा चार लाख रुपैयाभन्दा बढी रकम बराबरको राहत सामाग्री वितरण गरेको हो ।
खोप्लाङमा त्रिपाल, कपडा, खाद्यान्न, औषधी लगायतका सामाग्री वितरण गरेको क्लबका अध्यक्ष लामिछानेले जानकारी दिए । बुधवार खोप्लाङ पुगेको क्लबको टोली भुकम्प गएको चार दिनपछि पहिलो पटक राहत सामाग्री लिएर पुगेको थियो । उक्त गाउँमा यसअघि कुनै सरकारी तथा गैरसरकारी संस्था समेत राहतका कार्यक्रम लिएर नपुग्दा पिडीत गाउँलेहरु थप कष्टमा परेका थिए । भुकम्पका कारण खोप्लाङ गाविसका विभिन्न चार गाउँमा मात्रै करीब चार सय घरपरीवार विस्थापित बनेका छन् ।
राहत सामाग्री लिएर क्लबका अध्यक्ष लामिछानेसहित, प्रथम उपाध्यक्ष लायन जनकल्याण पराजुली,तृत्तिय उपाध्यक्ष लायन प्रकाश गिरी ,सचिव लायन हरि प्रसाद पराजुली,पिआरओ लायन श्रीमान थिङ(मङगल) लायन भिषण गुरुङ, ऋषि सुवेदी सामुदायीक ग्रामीण महिला तथा ग्रामीण विकास सेवा (क्राउड्स)का अध्यक्ष चिरञ्जीवी गौतम,आनन्द भट्टराई, मिलन बहादुर अधिकारी,रविन्द्र अधिकारी, प्रविण अधिकारी लगायत खोप्लाङ पुगेका हुन् । राहत सामाग्री खरीदका लागि क्लबका सदस्य तथा पदाधिकारीहरु ,होटल मिडल पथका रमेश कार्की, क्राउड्स, स्वीडेनी नागरीक एना, फिडा र सोफिया आफ्नो शहर स्ट्राङ्गनासमा संकलन गरेको रकम आर्थीक सहयोगस्वरुप प्रदान गरेका थिए ।
Comments are closed.