गजल -अर्जुन ‘दृष्टी’ पौडेल

10435899_1556828921196592_5356022760124938450_n

एउटै जंगलमा मिलेर अटाइरहेछन् रुखहरु

मान्छेलाइ बाँच्ने कला सिकाइरहेछन् रुखहरु

मिच्नै खोज्ने सधै हडप्न खोज्ने मुखियाजस्ता
बनमारा झारको कथा सुनाइरहेछन् रुखहरु

आयतन फरक छ प्रत्येकको उचाई फरक छ
तर किन एउटै बतास पठाइरहेछन् रुखहरु ?

आधि तुफान धेरै आयो उनीहरुको जिन्दगीमा
आफ्नो स्थान भने सधै जोगाइरहेछन् रुखहरु

एउटा बाउले बच्चालाई खेलाए जस्तै गरेर
छातीमाथि हामीलाई हिडाइरहेछन् रुखहरु

 

Comments are closed.