गजल सन्ध्याले भदौ महिनालाई मोति विशेष रुपमा मनाउने

पोखरा ३२ साउन
नेपाली साहित्य वाङ्मयमा गजल विधा भित्र्याउने कवि मोतिराम भट्टको जन्मजयन्तीको अवशरमा गजल सन्ध्या पोखराले भदौ महिनालाई मोति विशेष रुपमा मनाउने भएको छ । ‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने मूल नाराका वि.सं. २०५९ सालमा स्थापना भएको सन्ध्याले भदौ महिनाभरी पुरस्कार तथा सम्मान प्रदान, विशेष गजल वाचन, नियमित गजल वाचन, अक्षरयात्रा लगायतका कार्यक्रमलाई मोति विशेष रुपमा मनाउने निर्णय गरेको हो ।

सोही कार्यक्रम अनुरुप सन्ध्याले भदौ पाँच गते पहिलो शनिबार ‘गजल प्रतिभा पुरस्कार’ र ‘गजल प्रतिभा सम्मान’ प्रदान गर्न लागेको सन्ध्याले जनाएको छ । नेपाली गजलमा योगदान पुर्‍याएको योगदानको कदर गर्दै यसपटकको गजल प्रतिभा पुरस्कार गजलका दनार्दन दाहाल र नेपाली गजलको पुर्नजागर कालदेखि योगदान पुर्‍याएका गजलकार ललिजन रावललाई गजल प्रतिभा सम्मान प्रदान गर्न लागिएको सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेतले जानकारी दिईन् ।

पश्चिमाञ्चलमा जन्म वा कर्मका हिसावले योगदान पुर्‍याउने एक जना गजलकारलाई पुरस्कार र नेपाली गजलमा योगदान पु¥याएका मध्येबाट एक जनालाई सम्मान प्रदान गर्ने कार्यक्रम रहेको सन्ध्याले जनाएको छ ।

सन्ध्याका सल्लाहकार दीपक समिप संयोजक र सल्लाहकारहरु ईश्वरमणी अधिकारी, रुपीन्द्र प्रभावी, मन क्षेत्री, उदिपराप ढुङ्गाना, सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेत, सचिव आनन्द भट्टराई सदस्य रहेको प्रतिभा छनौट समितिले पुरस्कार तथा सम्मानका लागि नाम सिफारिस गरेको हो ।
यसैगरी दोस्रो शनिबार हुने नियमित रचना वाचन र तेस्रो शनिबार हुँदै आएको अक्षरयात्रामा पनि मोति विशेष रचनालाई समेटिने सन्ध्याका उपाध्यक्ष अमृत सुवेदीले जानकारी दिए । यसैगरी अन्तिम शनिबार मोति विशेष गजल वाचन कार्यक्रम गरी मोतिको सम्झना गरिने सन्ध्याले जनाएको छ ।
पोखरा तथा देशका विभिन्न ठाउँबाट प्रतिनिधित्व हुने गरी विशेष गजल वाचनका लागि नाम चयन गरिएको स्रष्टा छनौट समितिका संयोजक मन क्षेत्रीले बताए । क्षेत्री संयोजक र निवर्तमान अध्यक्ष तथा सल्लाहकार उदिपराज ढुङ्गाना, अध्यक्ष बिर्सना बस्नेत, उपाध्यक्ष अमृत सुवेदी, सचिव आनन्द भट्टराई सदस्य रहेको स्रष्टा छानौट समितिले नाम छनौट गरेको छ । सन्ध्याले नेपाली गजलको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

Comments are closed.