-गणेश भट्ट अणु
फुटपाथका दोकान कसरी तगिराखेका छन्
किनेरै लिने भए कतै जिन्दगी राखेका छन् ।
आजपानि भोलि घाम लैजालान् गाँउबाट
हावा त पहिल्यैदेखि लगिराखेका छन् ।
चुलोमा आगो बाल्न खोजेका बच्चाहरुले
नजर पुरानो किताब अघि राखेका छन् ।
आधा समचार सुन आधा बिज्ञापन सुन
कहाँ कस्ले कसरी ठगिराखेका छन् ।
उधारो हिसाव साहुले माग्न थालेपछि
पिई भुलेका चोट बल्झेर बगिराखेका छन्
गाेरखा,हाल-काडमाण्डाै
Comments are closed.