सन्दिप गाैतम
१)
मलाई यस्तो सफरमा दौडिन भनिएको छ
जहाँ गन्तव्यको अन्तिम रेखा मेटिएको छ
सधै फैसलाको आधार कमसल भेटिएपछि ,
नजिर बनेर यसपटक ऐना उभिएको छ
यो लालचको सहरमा यि मान्छेहरूको
सबथोक कमाउँदा जिन्दगी बेचिएको छ
सर्कसको खेल हो जिन्दगी बर्षौदेखि
अरुलाई झुक्याउँदा आफुपनि झुक्किएको छ
प्रेम थियो या बियोग यो भन्नै सकिएन
अन्तिम पत्र पनि रगतले लेखिएको छ
२)
एउटै गलत काम नै जिन्दगीमा हरघढी गरियो
गरियो केवल कमजोरी लुकाउने कमजोरी गरियो
समयले आज आगोसँग मित्रता गाँसिदिएको छ
कुनै बेला यार फुलसँग पनि दुश्मनी गरियो
एकदिन यि फकिरहरुले यो कुरा पनि सोच्नेछन्
यहाँसम्मको यात्रा फगत के का लागि गरियो ?
आँखैमा राखेको तस्विर एकाएक पराई बनिदियो
जसलाई आफ्नो बनाउन हिजो सकेजति गरियो
दाङ, हाल-र्इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, पोखरा
Comments are closed.