गजल

1003373_784387444906549_1010995323_n

-शिवप्रसाद उप्रेती

जब अलिअलि आँधि चल्न थाल्छ
गाउँ बस्तीमा पोल ढल्न थाल्छ

बिजुली बालेर सहर बिर्सेकाहरुकोमा
फेरी धुमिल टुकी बल्न थाल्छ

न टिभी, न मोबाइल अस्तब्यस्त हुँदा
अरब जानेहरु सम्झी दिल जल्न थाल्छ

विजुलीको साक्षी राखी गाउँ–सहर
समान भन्ने अगुवाको स्वर गल्न थाल्छ

काम दासकै भएपनि उज्यालो मलायाको
मथिङ्गलमा सपना फल्न थाल्छ

-गाेरखा

Comments are closed.