गजल-सुरज गुरुङ

1174836_586534048051567_1178609403_nभगवानकै आगाडी झुटो बोल्नेहरु।
थुप्रै छन् निर्दोषीलाई दोषी पोल्नेहरु।।

मन्दिर गएर हात नजोड्नुस् बिहानै ।
पापी मन बोकी अरुलाई पिरोल्नेहरु।।

ए! न्याय दिनेहरु हो, यो कस्तो न्याय हो।
हारे, कठघरामा यथार्थ खोल्नेहरू।।

अचेल मैले हेर्दैछु प्रेमको नतिजा।
पुजा गर्ने भन्दा धेरै छन् बिथोल्नेहरु।।

“सुरज”लाई जिउन दिने हैन भन्दै।
कति आए अमृतमा जहर घोल्नेहरु।।

Comments are closed.