गठबन्धनका ३३ वटै वडाका उमेदवार घरदैलोमा

मेयरमा गठबन्धनको तर्फबाट धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटले

 

पोखरा, २१ बैशाख ।

पोखरा महानगरपालिकाका ३३ वटै वडामा यतिबेला नेपाली काँग्रेस र गठबन्धन सम्बद्ध दलका उम्मेदवारहरुको चुनावी घरदैलो अभियान चलिरहेको छ ।महानगरको वडा नम्बर १ मा गठबन्धनको तर्फबाट सिता गुरुङ उम्मेदवार छिन् । उनीसँगै सदस्यका अन्य उम्मेदवारहरु यतिबेला घरदैलोमा छन् । त्यस्तै वडा नम्बर २ का अध्यक्ष र सदस्यका उम्मेदवारहरुलाई पनि भ्याईनभ्याई छ । वडा नम्बर २ मा दिवसमान प्रधानाङ्ग अध्यक्षका प्रत्यासी छन् ।पोखराको मूख्य बजार क्षेत्र समावेश हुने वडा नम्बर ३ र ४ मा पनि उम्मेदवारहरु मतदाताको घर घरमा पुगेर आफ्नो पक्षमा मत मागेका छन् । खासगरि नेपाली काँग्रेसको गढ क्षेत्र भएकोले पनि यो क्षेत्रमा उम्मेदवारहरुमा फरक रौनक छ । वडा नम्बर ३ मा यो पटक काँग्रेसको तर्फबाट प्रकाशमान उदास अध्यक्षको प्रत्यासी हुन् भने वडा नम्बर ४ मा युवा नेता देवकृष्ण पराजुली चुनावी मैदानमा छन् ।वडा नम्बर ५ मा पनि चुनावी घरदैलो अभियान व्यापक रुपमा अगाडि बढेको त्यस वडाका नेपाली काँग्रेसका सचिव हरि पन्तले बताए । वडा नम्बर ५ मा प्रमोद कोईराला अध्यक्षका उम्मेदवार हुन् । त्यस्तै वडा नम्बर ६ लेकसाइड क्षेत्रमा पनि काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका जगतबहादुर पहारी र उनको टिमले घरदैलो अभियानलाई तिव्रता दिएको छ ।पोखरा महानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष पदका उम्मेद्वार राम मोहन आचार्यले घरदैलोका क्रममा आम वडावासीले आफुलाई थुप्रै गुनासो सुनाएको र वडावासीको सुख दुखमा आफु र आफ्नो टिम सधै लागि पर्ने बताए । त्यस्तै वडा नम्बर ८ का अध्यक्ष प्रत्यासी शारदा गिरीले पनि यो पटक वडामा काँग्रेस र गठबन्धनले नै जित निकाल्ने दाबी गरिन् ।वडा नम्बर ९ मा भने केही फरक रुपमा बुधबारको प्रचारप्रसार भयो । अध्यक्ष उम्मेदवार दीपेन्द मर्सानी सहितको टोलीले नयाँबजार क्षेत्रमा र्यालीको आयोजना गर्यो । त्यस्तै वडा नम्बर १० मा राजेश गुरुङसहितको घरदैलोमा उम्मेदवारहरुलाई मतदाताहरुको राम्रो प्रतिक्रिया आएको प्रचार प्रसार कमिटीले जनाएको छ ।वडा नम्बर ११, १२ र १३ मा पनि घरदैलोमै उम्मेदवारहरु व्यस्त बने । वडा नम्बर ११ मा प्रेमप्रसाद कर्माचार्य, १२ मा सन्तोष बाँस्तोला१३ मा किरण बराल अध्यक्षको उम्मेदवार छन् ।

१३ को हकमा बागी उम्मेदवारी दिएका बिष्णुप्रसाद बरालले किरण बराललाई नै समर्थन गर्ने जानकारी दिएका छन् । त्यसपछि मतदाताहरुमा अझै बढि खुशीको तरंग फैलिएको उम्मेदवारहरुको बुझाई छ ।वडा नम्बर १४ देखि ३३ सम्मैका वडाहरुमा पनि बुधबार घरदैलो कार्यक्रम सम्पन्न भएका छन् । मतदाताहरुले विकास र सम्बृद्धिका लागि काँग्रेस र गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई नै मतदात गर्ने  बताएका छन् ।वडा नम्बर १४ मा बोधबहादुर कार्की, १५ मा मीनबहादुर गिरी, १६ मा अमृत शर्मा तिमिल्सिना, १७ मा देवराज आचार्य, १८ मा शिवप्रसाद तिमिल्सिना, १९ मा पुष्पेन्द्र पाण्डे, २० मा महेन्द्र अधिकारी२१ मा पूर्णबहादुर थापा गठबन्धनको तर्फबाट अध्यक्षका प्रत्यासी छन् ।

त्यस्तै वडा नम्बर २२ मा हिमलाल बराल, २३ मा रामकाजी गुरुङ, २४ मा भरतबहादुर अधिकारी, २५ मा मोतीप्रसाद तिमिल्सिना, २६ मा नरेन्द्र थापा र २७ मा पूर्णकुमार गुरुङ गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार छन् ।त्यसैगरि वडा नम्बर २८ मा श्रीकृष्ण लामिछाने, २९ मा सुदेब गुरुङ, ३० मा दुर्गाप्रसाद सुबेदी, ३१ मा ढकनाथ कँडेल, ३२ मा अक्कलबहादुर कार्की र ३३ मा रामचन्द्र अधिकारी गठबन्धनका अध्यक्ष उम्मेदवारहरु हुन् ।यो पटक पोखरा महानगरको मेयरमा गठबन्धनको तर्फबाट धनराज आचार्यले उम्मेदवारी दिएका छन् भने उपमेयरमा कोपिला रानाभाटले उम्मेदवारी दिएका छन् । मेयर र उपमेयरका प्रत्यासी दुबै जना महानगरको सम्पूर्ण वडाहरुमा घरदैलोको क्रममा व्यस्त छन् ।

Comments are closed.