गठबन्धनको आयु बैशाख ३० सम्म : नेता अधिकारी

वडा नम्बर १० को चुनाव प्रचार प्रसार समिति कार्यालयको उद्घाटन

 

 

पोखरा १४ वैशाख ,

नेकपा एमाले स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले गठबन्धन वैशाख ३० गते समाप्त हुने वताएका छन । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १० को चुनाव प्रचार प्रसार समिति कार्यालयको उद्घाटन गर्दै नेता अधिकारीले गठबन्धनको आयु वैशाख ३० गते सकिने वताएका हुन ।

केही राजनैतिक दलहरु गठबन्धन बनेर एमालेलाई हराउने भनेर गठबन्धन गरेको भएतापनि गठबन्धन आफैमा मिल्न नसकेको र वैशाख ३० मा जनताले एमालेलाई भोट दिएर जिताउने र गठबन्धनको अस्तित्व समाप्त भएर जाने उनको भनाइ रहेको थियो ।

नेकपा एमाले सरकारको पालामा जतिको बिकास कुनैपनि सरकारले गर्न नसकेको वताउदै वैशाख ३० गते हुने चुनावमा एमालेको बिकासलाई नै प्रचार गरेर अगाडि वढ्नुपर्ने उनले वताए । नेकपा एमालेको सरकारको पालोमा पोखरा विमानस्थल, सडक निर्माण र नागरिकलाई स्वास्थ्य बीमा जस्ता कार्यक्रमहरु ल्याएको भएतापनि गठबन्धनको सरकारले बिकासको कामतर्फ नभइ स्वास्थ्य बीमा कार्यक्रमलाईनै रोक्नतर्फ लागि परेकाले उनीहरुको भण्डाफोर गर्दै चुनावी प्रचार प्रसारमा लाग्न आवश्यक रहेको उनको भनाइ रहेको थियो ।

नेकपा एमाले पोखरा १० कमिटि तथा निर्वाचन परिचालन कमिटिका संयोजक सूर्य बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमिटिका उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटिका सह संयोजक सीता तिमिल्सिनाले स्वागत मन्तब्य राखेकी थिइनभने वडा अध्यक्षका उमेदवार पवित्रादेवी गुरुङले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गरेकी थिइन । कार्यक्रमको सञ्चालन कमिटिका सचिव तथा प्रचार प्रसार संयोजक राजु श्रेष्ठले गरेका थिए । यसैविच भोली देखी वडाभित्र चुनावी प्रचार प्रसार सुरु गरिने समेत प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

Comments are closed.