“गठबन्धनको पराजय भए मुलुक ठुलो दुर्घट्नामा जान्छ” :किसान

पोखरा, २६ वैशाख ,

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले वैशाख ३० को निर्वाचनमा गठबन्धनले पराजय भोग्नु परे मुलुक ठ्लो दुर्घट्नामा जाने बताएका छन् । पोखरा २६ लेखनाथमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले संविधान र संघियता लगायत तमाम उपलब्धिहरुको रक्षाका लागि गठबन्धनका उमेदवारहरुको जित आवश्यक रहेको बताए ।

केपी ओलीको हैकमवाद र अहंकारले संविधान, संघियता र गणतन्त्र धरापमा परेपछि त्यसको रक्षाका लागि आफुहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्दै सयुक्त गठबन्धनमा जाने निर्णयमा पुगेको उनले स्मरण गराए । संविधानलाई सिध्याउने खेलमा लागेको ओली नेतृत्वको प्रतिगमनलाई परास्त गर्नको लागि जिवन मरणको लडाईमा होमिन उनले गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरुलाई अपिल समेत गरे ।

आफ्नै हातले संसदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएर प्रधानमन्त्री बनाएको स्मरण गराउदै नेता श्रेष्ठले वैशाख ३० गतेको निर्वाचनमा कलम चिन्हमा मतदान गर्न नहिचकिचाउन आग्रह समेत गरे । त्यसबेला देउवाको नेतृत्वमा गठबन्धन नगरिएको भए अहिलेसम्म केपि ओलीले संविधान र संघियता समाप्त गरिसकेका हुने उनले बताए ।

नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री समेत रहेका किसानले नेपाली युवाहरुको श्रम सुरक्षाका लागि आफु निरन्तर खटिरहेको बताउदै अव स्वदेश मै रोजगारीका अवसरहरु सृजना गरिने विश्वास समेत दिलाए । विदेशमा रहेका नेपाली युवाहरुको अवस्था प्रति आफु निकै चिन्तित रहेको उनले बताएका छन् ।

Comments are closed.