पोखरा,
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका छन् ।प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको उल्लेख गर्दै दलहरु समझदारी र सहमतिको नजिक पुगेको स्पष्ट पार्नुभयो/ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी तालमेल गर्न आफूले खोजेको बताएका छन् ।
आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति बनाउनुपर्ने लक्ष्य प्रचण्डको भनाइ छ।
‘हाम्रो लक्ष्य के छ भने प्रदेश र संघको निर्वाचनमा जाँदा गठबन्धनमा तालमेल पनि यसरी होस् कि माओवादी केन्द्र देशको पहिलो वामपन्थी कम्युनिष्ट पार्टी बनोस् । र देशकै निर्णायक राजनीतिक शक्ति बनोस् । हामी यही ढंगले तालमेल गर्न खोज्दै छौँ,’ प्रचण्डले भने ।
Comments are closed.