जति जति चुनावको मिति निकट हुदैछ। राजनीतिक दल र तिनका कार्यकर्तामा उत्साह वढेर आउने गर्दछ। यस पटक नयॉं संविधान वमोजिम हुनलागेको पहिलो केन्दीय संसद र प्रदेश सभाको चुनावमा प्रतिस्पर्धकों लागि हजारौ कार्यकर्ता आकंक्षी देखिएका छन। जति सुकै आकंक्षी देखिए पनि यति वेला दलहरूमा देखिएको धुर्वीकरणले तिनीहरू सवैले प्रतिस्पर्धा गर्न पाउछन भन्न सकिदैन। दलहरू वीचको एकता र गठवन्धनले गर्दा उमेदवार कम हुने निश्चित छ।
जे होस सयौ दलहरूको भीडले चुनावमा देखिने गरेको झन्जट र भद्दा मत पत्रमा पनि सुधार हुन सक्ने छ। त्यसो हुन सक्यो भने चुनावको परिणाम छिटो प्राप्त हुने र विजयीहुनेले सम्मान जनक मत प्राप्त गर्न सक्तछ। यसले राजनीतिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्ने छ। यो कार्य पहिले नै हुनु पर्दथ्यो तर भएन। ढिलै भए पनि दलका नेताहरूमा होस खुलेको छ। यसले सफलता प्राप्त होस।
लोकतन्त्रको स्थायीत्वको लागि दलहरूमा देखिएको एकता र दलीय गठवन्धनले जनतामा उत्साह देखिएको छ। दलका कार्यकर्ताहरू भने टिकट कम हुने भएकोले निरास छन।यो निराशाले खासै असर पर्ने त देखिदैन। तर हार्ने उमेदवार भने यो चुनावमा कम हुने छन। यसले लोकतन्त्रलाइ कमजोर होईन वलियो वनाउने छ। यसको लागि राजनीतिक दलहरूमा देखिएको दलीय एकता र गठवन्धनलाई हरेक क्षेत्रले स्वागत गरेका छन।
दलीय एकता र गठवन्धनको विरोधमा केही लागेका छन। कुन कुन क्षेत्रवाट तिनीहरू पोषित छन। त्यसलाइ समयले देखाउला तर समयको मागलाइ ठूला दलहरूले आत्म साथ गरिरहेको अवस्थामा सवैले साथ दिनु आवश्यक छ। किन भने लोकतन्त्रमा सवैको स्वतन्त्रताको रक्षा गर्दै मुलुकको हुनेगरि सवै वढनु जरूरी हुन्छ।
Comments are closed.