पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पीसीआर परिक्षणमा कोनोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका गोरखा भिमसेनथापा गाउँपालिका –१ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
गत चैत २८ गते कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय व्यक्तिको होम आइसोलेसनमा नै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
कोरोना संक्रमित ब्याक्तिको फोक्सोको दुईवटा भागमा निमोनिया र सेप्टिक सकको समस्या देखिएको उनले बताए ।
केही समयदेखि गण्डकी प्रदेशमा कोरोना संक्रमण उच्च रुपमा वृद्धि भएपछि संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्न थालेको छ । सोमबार पनि पोखरामा एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ । रातोपाटीबाट
Comments are closed.