गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु,थप १९६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ९४ जना पुरुष तथा १०२ जना महिला गरी १९६ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।पछिल्लो २४ घण्टामा १ हजार २०४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५७७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।प्रदेशका १० जिल्लामा २९० पुरुष तथा २८७ जना महिलामा कोरोना पुष्टि भएको हो ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७२ हजार ६२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४२७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५९१ पुगेको छ ।गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १४१ पुगेको छ।

Comments are closed.