गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ९४ जना पुरुष तथा ८५ जना महिला गरी १७९ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २०४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४३८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ३६१ पुगेको छ। पछिल्लो २४ घण्टामा २६९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५८ हजार २९३ पुगेको छ ।

गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३८ पुगेको छ।

 

Comments are closed.