गण्डकी ट्रक यातायात व्यवसायी संघको ३६ औ वार्षिकोत्सव तथा स्थापना दिवस

मिति २०७३ साल पौष १४ गतेका दिन खुल्ला रक्तदान कार्यक्रम संघ कै कार्यालय परिसरमा सम्पन्न गरि सोही कार्यक्रम पश्चात पोखरा १७ मतगौडामा रहेको पोखरा बृद्धाश्रम सितापाईलामा सामग्री हस्तान्तरण कार्यक्रम राखी बृद्धाश्रममा आबश्यक देखिएको किचन सँग सम्बन्धी रु२५,०००।– (पच्चिस हजार ) बराबरको जिन्सी सामग्रीहरुको साथमा बृद्ध बृद्धा हरुलाई फलफुल हस्तान्तरण गरि साँझमा संघको कार्यालयमा दिप प्रज्ववलन र केक काटी बार्षिकोत्सव मनाईदै छ ।

उक्त बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम संघ कै कार्यालय परिसर नयाँबजारमा संघका अध्यक्ष श्री रविन्द्र गिरी ज्यू को सभापतित्व तथा संघका संस्थापक अध्यक्ष श्री तेज नारायण तिमिल्सिना ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथी ज्यू ले प्रथम रक्त दाता ंं्एंव कार्यसमिति सदस्य श्री शिवराज घिमिरे ज्यू लाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त कायक्रममा कार्यसमितिका ५जना , नयाँ रक्तदाता १२ जना सहित विभिन्न पेशा व्यवसायमा संलग्न जम्मा ३४ जना महानुभावहरु ः– शिवराज घिमिरे, झलकराम अधिकारी, डम्बर बहादुर पुन मगर , विश्वराज बराल, रामजी प्रसाद ढकाल, विष्णु थापा , रुद्र बहादुर कार्की, भानुभक्त अधिकारी , अनिल विक्रम खाँण, कर्ण बहादुर भुजेल, संगम जोसी , ललित मगर , सुरज गुरुङ्ग, फिरन्ते खाती ,नविन लामा, नेत्र प्रसाद ढकाल, मनोज श्रेष्ठ, इश्वरमान गुरुङ्ग, अनुप राना, सुजन गुरुङ्ग, सन्तोष कार्की, सुमन श्रेष्ठ, पुजन गुरुङ्ग , निर्दोष गुरुङ्ग, आले लामा , सरोज विष्ट, प्रदिप गुरुङ्ग , अब्दुल मिया , प्रकाश पराजुली , प्रदिप गुरुङ्ग, इन्द्र बहादुर वि.क. , कुशलजङ्ग थापा , प्रनिशा थापा र मित्रलाल तिवारी लगाएतले रक्तदान गर्नु भएको थियो । उहाँहरुलाई प्रमुख अतिथी र कार्यक्रमका सभापति ज्यूले प्रमाण पत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । कार्यसमिति सदस्य श्री र्गगा कुमारी खनाल र लक्ष्मी श्रेष्ठ ओस्ताले व्याच वितरण गर्नु भएको थियो । संस्थाका निर्वतमान अध्यक्ष श्री लिलाधर बराल सल्लाहकार श्री कृष्णहरी जि.सि., श्री रुद्र प्रसाद तिमिल्सिना, श्री टेकन गिरी ,श्री हरि प्रसाद खनाल लगाएतका बक्ताहरुले रक्तदान जिवन दान र संस्थाको विविध गतिविधीको बारेमा शुभ कामना मन्तव्य राख्नु भएको थियो भने रक्तदान कार्यक्रमका संयोजक अनिल विक्रम खाँण ले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा रक्त संञ्चार केन्द्र पोखराबाट प्राविधीक सहयोग उपलब्ध गराउनु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव श्री रुद्र बहादुर कार्की ले गर्नु भएको थियो ।

Comments are closed.