गण्डकी धाैलागिरी दाेहाेराे बन्दकाे मारमा, तिन पक्राउ, बन्दमा यस्ताे देखियाे पाेखरा (फाेटाे फिचर)

पोखरा, ३१ साउन

मोहन वैद्य नेतृत्वको माओवादी, संघिय समाजबादी फोरम लगाएतका दलहरुकाे माेर्चा र हिन्दू राष्ट्र संरक्षण अभियानले गरेकाे बन्दले पाेखरासहित गण्डकी धाैलागिरीका विभिन्न ठाउँ दाेहाेराे मारमा परेकाे छ ।  हिन्दूराष्ट्र संरक्षण अभियानले नेपाललाई हिन्दु राष्ट्र घोषणको माग गर्दै गण्डकी र धौलागिरी बन्द आवहन गरेको हो भने ६ प्रदेशको सीमांकन र धर्म निरपेक्ष राष्ट्रको माग गर्दै ३३ दलीय मोर्चाले नेपाल बन्द आव्हान गरेको हो । बन्दको कारण पोखराबाट बाहिरने र भित्रने लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन संचालनमा आएका छैनन् । नगर क्षेत्रमा कुनैपनि सवारी चलेका छैनन् भने सिद्धार्थ राजमार्ग, पृथ्बी राजमार्ग र भूपि शेरचन राजमार्गमा पनि सवारी चल्लन सकेका छैनन् ।

पोखराको महेन्द्रपुलमा हिन्दु राज्य माग्ने र धर्म निरपेक्षता माग्ने दुबै पक्षको प्रर्दशन जारी छ । बिचमा प्रहरी भएकाले हिंसात्मक घटना हुन पाएको छैन । बिहान केी बेर तनाबको अवस्था सिर्जजना भएको थियो । पोखरामा सवारी साधन ठप्प छन् ।

दुबै तर्फका बन्दकर्ताहरु बिहानैदेखि सडकमा निस्केर बन्द गराउदै हिडेका छन् । पोखराका बिभिन्न चोकहरुमा बन्दकर्ताहरु बसिरहेका छन् । बन्दको कारण बजार, पसल, कलकारखाना, शिक्षण संस्था सबै ठप्प छ । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, मानवअधिकार, कुटनीतिक नियोग, पर्यटक , दुध तथा तरकारी बोक्ने गाडिलाई छुट दिने बन्दकर्ताले बताएका छन् । बन्दको क्रममा हुने संभाबित घटनालाई ध्यान दिदै सुरक्षा ब्यबस्था पनि कडा पारिएको कास्की प्रहरीका प्रहरी प्रमुख हरी बहादुर पालले जानकारी दिए ।

बन्द गराउँदै हिड्ने तीन जनालाई प्रहरीले बिहानै नियन्त्रणमा लिएको छ । पृथ्बीचोकमा बन्द गराउँदै हिडेका हिन्दूराष्ट्र संरक्षण अभियानका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोहन वैद्य नेतृत्वको माओवादी, संघिय समाजबादी फोरम लगाएतका दलहरुको बन्द साउन ३२ गते पनि रहेको छ ।

तस्विर-सुदर्शन रञ्जित र सुन्दर सुवेदी ।SUD_0599

SUD_0610SUD_061211911402_398893033643711_2032388812_n11873977_398894830310198_698550532_n11908119_398894950310186_1550653017_n11846332_398894646976883_1543353352_nSUD_059611910660_398893040310377_1933639480_n11872783_398894680310213_1052368400_n11868717_398894936976854_241094259_n11908144_398895026976845_715239492_n

11880775_398893006977047_838066371_n

Comments are closed.