गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ७४ पुगेको छ ।

कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ६ सय २५ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै कास्कीमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५१ रहेको छ ।त्यस्तै संक्रमणबाट आज कास्कीमा ४ जनासहित गण्डकी प्रदेशमा थप ८ जनाको ज्यान गएको छ, निर्देशनालायका अनुसार मृत्यु हुनेहरुमा कास्की जिल्लाका ४ जना, बाग्लुङ जिल्लाका १ जना, स्याङ्जा जिल्लाका २ जना र नवलपुर जिल्लाका १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज पुष्टि गरेको छ ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ७४ पुगेको छ ।स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

Comments are closed.