गण्डकी प्रदेशमा ८ जना नयाँ कोरोना संक्रमित, ७ जना निको

साउन २६
पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६२० पुगेको छ | गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ५६३ नमुना परिक्षणमा गण्डकी प्रदेशमा  ८ जना नयाँ संक्रमितहरु फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश ले जनाएको छ ।
साथै सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको समेत स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश ले जनाएको छ ।
गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुल ६०९ नमुना परिक्षण भएकोमा क्षयरोग उपचार केन्द्र, पोखरामा नवलपुर (ब.सु.पू.) ९, तनहुँ ५९, लमजुङ ३०, स्याङजा १५६, पर्बत ४२, बाग्लुङ २५, म्याग्दी १०६ र कास्की १३६ नमुना परिक्षण भएको जानकारी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशकले जानकारी दिनुभएको छ | पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कास्कीका ४६ नमुना परिक्षण भएकोमा सबैको परिणाम नेगेटिभ आएको छ |
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १४७० पुगेको छ, जसमा गत २४ घन्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन।

Comments are closed.