मिति २०७७।०१।१३ गते अन्दाजी ०८:१० बजेको समयमा जिल्ला गोरखा शहीद लखन गाउँपालिका-७ मकैपुर स्थित भित्री कच्ची सडकखण्डमा जिल्ला काठमाण्डौ घर भई १० दिन अगाडी माईतिघर ऐ. सुसारेगाँउमा आई बस्दै गरेकी बिशाल लामाकी श्रीमति वर्ष ३५ की बिष्णुकुमारी राना लामा बाटोमानै मुख बाट रगत (Vomiting)वाकेरएक्कासी ढली तत्कालै मृत्यु भएको भनि यस चौकीमा खबर हुनासाथ तत्कालैघटनाको विषयमा विस्तृत रुपमा बुझ्दा निज महिला पहिला देखिनै टि.बी.को बिरामी रहेको र मिति २०७७।०१।१२ गते आफ्नो आमासंग ऐ.खाब्दीभञ्ज्याङ स्वास्थ्य चौकीमा दवाई लिन भनि गएको र फर्केर आउंदा ऐ.मकैपुरमा रहेका आफ्ना मितबुवा चोक ब.गुरुङको घरमा राति बास बसी आज बिहान माईत फर्केर जाने क्रममा उक्त घटना भएको भन्ने बुझिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
तनहुँ : शव फेला परेको
मिति २०७७।०१।१३ गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला तनहुँ ऋसिङ गाउँपालिका-३ मास्ती घाट स्थित सेती नदिमा महीलाको शव पानीमा तैरीरहेको अवस्थामा छ भनि स्थानीयले देखी जानाकारी गराउना साथ तत्कालै प्रहरी टोली खटीगई बुझ्दा मृतक महीला जिल्ला तनहुँ ब्यास नगरपालिका-१ भादगाँउ बस्ने हरीकृष्ण श्रेष्टको श्रीमती वर्ष अन्दाजी ३४/३५ की रबिता श्रेष्ठ रहेको भन्ने खुलेको निज महिला मिति २०७७।०१।१० गते देखी हराई रहेको भन्ने बुझिएको, घटनाको विषयमा थप अनुन्धान भईरहेको छ ।
तनहुँ : बालिका मृत अवस्थामा फेला
मिति २०७७।०१।१३ गते अन्दाजी ११:०० बजेको समयमा जिल्ला तनहुँ ब्यासनगरपालिका-१ भातगाँउ बस्ने हरि कृष्ण श्रेष्ठको छोरीवर्ष अन्दाजी ११/१२ की प्रिया श्रेष्ठ जिल्ला तनहुँ रिसिङ गाउँपालिका-१ कोयिदिन घाट स्थित सेति नदिमा तैरी रहेको अवस्थामा देखिएको छ भनि स्थानिय मार्फत खबर प्राप्त हुना साथतत्कालै घटनास्थलमा प्रहरी टोली खटिई बुझ्दा निज बालिकाको बुवा कामको शिलशिलामा भारत तर्फ गएको भन्ने बुझिएको साथै माथिल्लो टिपोटमा उदृत गरिएकी अन्दाजी वर्ष ३४\३५ की मृतक रबिता श्रेष्ठ निज बालिकाकी आमा रहेको खुल्न आएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
( प्रहरीनायव उपरीक्षक)
राजेन्द्र बावु रेग्मी |
मिति २०७७। ०१ ।१३गते
Comments are closed.