गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत स्याङ्जा विजयी

पुष ९,पोखरा
पोखरा रंगशालामा जारी गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा स्याङ्जाले रोमाञ्चक जित निकालेको छ । स्याङजाले तनहुँमाथि ३ रनको जित निकालेको हो ।
खेलमा टस जितेर पहिला व्याटिङ गरेको स्याङजाले निर्धारित ४० ओभर मध्ये ३३.४ ओभरमा सम्पूणर् विकेट गुमाएर १ सय २३ रन बनायो । स्याङजाको तर्फबाट सन्दिप क्षेत्रीले ४० तथा इश्वर क्षेत्रीले २५ रन जोडे । तनहुँका बलरहरु दिनेश बुढामगरले ३ तथा अभिषेक बस्नेतले २ विकेट लिए ।


जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको तनहुँ जितको नजिकै पुगेर पनि सफलता हाँसिल गर्न सकेन । तनहुँका खेलाडीहरु ३७.५ ओभरमा १ सय २० रनमा अलआउट हुन पुगे । तनहुँका समिर कँडेलले ३५ रन जोडपनि अन्य ब्याट्स्म्यानहरुले उल्लेख्य रन जोडन सकेनन् । स्याङजाको बलिङतर्पm म्यान अफ द म्याच अशोक श्रेष्ठले ३ विकेट लिए । त्यस्तै इश्वर खनाल, विपिन राज न्यौपाने र सुरज गुरुङ्गले समान १-१ विकेट लिएका थिए ।
तस्विर सौजन्य ः मन्दिरा गुरुङ्ग

Comments are closed.