गण्डकी प्रदेश सहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा

पोखरा,

आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य बदलीको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । साथै प्रदेश-१, बागमती प्रदेश,गण्डकी प्रदेश र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।राती भने प्रदेश-१, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

Comments are closed.