गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा वर्षा

शुक्रबार आज गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ । काठमाडौ उपत्यकासहित देशभर पनि वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा बिहानै मुलुकका धेरै स्थानमा मेघगर्जन, चटयाङसहित वर्षा भइरहेको छ । गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ । राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कणर्ाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकोछ ।शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Comments are closed.