‘गन्तव्य’ को बिशेष प्रदर्शन यहि १२ गते

पोखरा ७ बैशाख । नेपाली कथानक चलचित्र ‘गन्तव्य’ को बिशेष प्रदर्शन हुने भएको छ । गन्तव्य फिल्मस् प्रोडक्सनको पहिलो प्रस्तुतीको रुपमा ८ महिना अघि निर्माण शुरु भएको चलचित्रको यहि बैशाख १२ गते शनिबार विशेष प्रदर्शन गर्न लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा ‘गन्तव्य’ निर्माण युनिटले जानकारी दिएको हो । पोखराको तेर्सापट्टी स्थित श्रीकृष्ण चलचित्र मन्दिरमा विहान ८ बजे, मध्यान्ह १२ बजे र अपरान्ह ३ बजे गरेर एकैदिन ३ शो प्रदर्शन हुने चलचित्रका निर्देशक कृष्ण उदासीले जानकारी दिए ।

11059321_815028918579467_459617655252019127_n

अघिल्लो वर्षको साउन पहिलो हप्ता नै छायांकन सकिएको चलचित्रमा प्रविधि बाहेक अन्य सबै पोखराको रहेको निर्माण यूनिटले दावी गरेको छ । पोखराको सेरोफेरोमा छायाङ्कन गरिएको चलचित्र ‘गन्तव्य’मा निर्माता, निर्देशक, कलाकार सबै पोखरेली रहेको छ । एक्सन, आर्ट, कमर्सियल, सन्देशमुलक र राष्ट्रियता सम्बन्धि कथावस्तु समेटिएको चलचित्र सुवर्णकुमारी शाही, अनिल शाही, लक्ष्मी हमाल, वलबहादुर शाही, शंकर मल्ल ठकुरीको संयुक्त लगानीमा निर्माण भएको हो ।

चलचित्र गन्तव्यमा गणेश श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य, योगेश काजीको संगीत छ भने रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्देशक उदासीले ‘गन्तव्य’ सम्पूर्ण रुपमा राम्रो बनेको दाबी गरे । उनले करीब ४५ लाखमा चलचित्र बनेको भन्दै लगानी उठ्नेमा आफू ढुक्क रहेको बताए ।

Comments are closed.