पोखरा,
बैशाख ३१ गते
पोखरा फुलबारी निबासी स्थानिय समाजसेवी गमबहादुर गुरुङ्गको पहलमा उहाँको परिवारका तर्फबाट साबिको काहुँ गाबिसका भुकम्प पिडितलाइ नगदै रुपैया राहत स्वरुप प्रदान भएको छ । गमबहादुर मेजर बिरसिंह गुरुङ्ग प्रतिष्ठानका कोषाध्यक्ष हुन् ।
समाजसेवी गमबहादुर सहित उहाँका दाजुहरु हाल बेलायत निबासी हेमबहादुर गुरुङ्ग र अमेरीका निबासी क्याम्पेटेन एक बहादुर गुरुङ्गले आफ्नो पुख्र्यौली थलो काहुँमा भुकम्प पिडितलाइ राहत बाँडेका हुन् ।
दाजुभाइहरुको यस पुण्य कार्यबाट काहँुका ३७ घर परिवार लाभान्वित भएका छन् । राहत स्वरुप २२ वटा घर परिवारलाइ नगद दुइ हजार र पन्ध्र वटा घरलाइ नगद पन्ध्र सय रुपैया बितरण गरिएको समाजसेवी गमबहादुरले जानकारी दिनुभभयो ।
भुकम्पले गर्दा पुर्ण क्षती भएका र जोखिममा परेका घरहरु हेरेर राहत रकम बितरण गरिएको थियो ।
गाबिस भबनमा कार्यक्रमको आयोजना गरेर राहत बितरण कार्यक्रम आयोजना गरिएको थियो ।
Comments are closed.