पोखरा हटलाईन
स्याङजा, ०१ भदौ
जन्मदिनको अवसर पारेर गरिमा विकास बंैकका पुतलीबजार शाखाका शाखा प्रवन्धक प्रेमनारायण अर्यालले करेण्डाडामा रहेको आईसोलेसनमा एक कार्यक्रमका विच स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।शाखा प्रबन्धक अर्यालले सेनिटाईजर छर्कने स्प्रे मेसिन दुई थान करेन्डाडा स्वास्थ्य चौकीका प्रमुख भवानी शंकर पोख्रेललाई हस्तान्तरण गरेका थिए । शाखा प्रबन्धक अर्यालले जन्मदिनको अवसरमा केही रचनात्मक कार्य गरौ भन्ने लागेर आईसोलेसनमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए ।
गरिमा विकास बंैक पुतलीबजार शाखाका शाखा प्रबन्धक अर्यालले पहिला पनि विद्यालयहरुमा सहयोग गरेको बताउदै आगामी दिनहरुमा पनि सहयोग गर्ने बताए । उनले फजुल खर्च गर्नुभन्दा सहयोग गर्नु राम्रो भएकोले आफुले आईसोलेसनमा सामान हस्तान्तरण गरेको बताए ।सेनिटाईजर छर्कने स्प्रे हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी स्याङजा शाखाका मन्त्री दिनेस अर्याल र नेश्नल लाईफ इन्सोरेन्स कम्पनीका दुर्गादत्त पौडेल ‘सन्तोष’ लगायतको उपस्थीति रहेको थियो ।सामान बुझ्दै करेन्डाडा स्वास्थ्य चौकीका प्रमुख पोख्रेलले सेनिटाईजर छर्कने मेसीन नभएको बेला सामान उपलब्ध गराएकोमा गरिमा विकास बंैक पुतलीबजार शाखाका शाखा प्रबन्धक अर्याललाई धन्यबाद ज्ञापन गरेका थिए । हाल आईसोलसनमा १६ जना कोरोना संक्रमणका विरामीहरु रहेको पोख्रेलले जानकारी दिए ।
ब
Comments are closed.