स्याङ्जा, २१ जेठ
गरिमा विकास बैंकले झण्डै ५० हजार मुल्य बराबरको पिपिई सहयोग गरेको छ । बैंकको पुतलीबजार शाखाले खरिद गरेर ३० थान पिपिई सहयोग गरेको हो ।
कामको सिलसिलामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई लक्षित गरेर बैंकले पिपिई सहयोग गरेको हो । जिल्ला प्रशासन कार्यालय मार्फत सहयोग हस्तान्तरण गरेको बैंकका शाखा प्रमुख प्रेमनारायण अर्यालले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्र्तगत गरिमा विकास बैंक सहित धेरै बित्तिय संस्थाहरुले विपतको समयमा विभिन्न स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गरेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
Comments are closed.