गलकोटमा जिप दुुर्घटना,पालिकाका कर्मचारी सहित तिन जना घाइते

चैत्र ९, २०७८ बुधवार
मध्यपहाडी लोकमार्ग अन्तगत बागलुङको गलकोटमा पिकअप जिप दुर्घटना हुँदा पालिका दुई कर्मचारी सहित ३ जना घाईते भएका छन ।
गलकोट बाट बागलुङ बजार तर्फ आउदै गरेकोे ग २ च ४००७ नम्बरको प्राईभेट पिकअप जिप गलकोट नगरपालिका-२ मौरिया भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्मा, प्रशासकिय अधिकृत तुलबहादुर विक र अर्का एक जना युवा घाईते भएको गलकोट नगरपालिका- २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी हेमन्तले जानकारी दिनुभयो।
जिप लोकमार्गबाट ५० मिटर तल खसेको छ । शर्मा र विक नगरपालिकाको कामको सिलसिलामा जिल्ला प्रशासन कार्यालय बागलुङ आउँदै गरेका थिए । जिपका चालक चन्द्रबहादुर विक भने सकुशल रहेको भण्डारीले बताउनुभयो । घाईते तिनै जनालाई उद्धार गरी उपचारका लागि हटिया लगिएको छ ।

Comments are closed.