गाँजा र चरेससहित दुई पक्राउ

पोखरा २१ असार/ तनहुँको दमौलीमा गाँजा र चरेससहित दुई जना पक्राउ परेका छन् । आइतबार व्यास ११ मा हिँडिरहेको अवस्थामा लमजुङ तान्द्राटक्सार ९ बस्ने १८ बर्षीय सारुप मियाँ, हेटौँडा ८ बस्ने १८ बर्षीय रोशनी तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा प्रहरीले तलासी गर्दा ७५ ग्राम गाँजा र १० ग्राम चरेस फेला परेको प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए । उनीहरुलाई लागुऔषध ओसारपसारको मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

यसैगरी तनहुँको भिमादमा बहुविबहाको आरोपमा एक जना पक्राउ परेका छन् । भिमाद १ बस्ने रविन्द्र श्रेष्ठले घरमा श्रीमति हुँदाहुँदै दोस्रो बिवहा गरेको भन्दै जेठी श्रीमति ललिता श्रेष्ठले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । बहुविवहाका आरोपी रविन्द्र र कान्छी श्रीमति २० बर्षीय शोभा श्रेष्ठलाई बहुविवहाको मुद्धामा म्याद थप गरी अनुसन्ध्यान भैरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Comments are closed.