गाउँपालिकाको माग गर्दै एक घण्टे चक्काजाम

स्याङ्जामा स्थानिय निकायको केन्द्र फेदिखोलालाई बनाउनुपर्ने र हाल स्थानिय तह पुर्नसंरचना सहयोग समिति स्याङ्जाले प्रस्ताव गरको सेतिदोभान केन्द्रमा यस क्षेत्रका फेदिखोला, आरुखर्क, भाटखोला र बाँगे गाविसलाई समावेश गरिएको विषयमा असहमति जनाउदै यस क्षेत्रका बासिन्दाले साङ्केतिक विरोध स्वरुप बुधबार विहान ९ः३० देखी १०ः३० सम्म फेदीखोला बजारमा १ घण्टे चक्काजाम गरेका छन् । स्याङ्जा जिल्लाको गल्याङ्ग, वालिङ्, बयरघारी, पुतलिबजार जस्तै व्यापारिक केन्द्र, भौगोलिक केन्द्र, भौतिक पुर्वाधार कायम साथै सहरी विस्तारको प्राप्त संभावना एवं सिद्धार्थ राजमार्गले चिरेको शैक्षिक, कृषि, स्वास्थ्य लगायत सम्पुर्ण पुर्वाधार भएको हालको ईलाकाको केन्द्र समेत रहेको फेदीखोला बजारलाई गाउँपालिका केन्द्र नबनाईनु फेदीखोला र आसपासका गाविसका जनतालाई अन्याय भएको संघर्षसमितिका सदस्य तथा नेकपा एमाले फेदीखोला गाउँ कमिटी अध्यक्ष घनश्याम सुवेदीले बताए । स्थानिय तह पुर्नसंरचन सहयोग समितीस्याङ्जाले भौगोलिक सुगमता र जनसंख्याका हिसाबले पनि आधार मानी पटकपटकका सुझाव र ज्ञापनपत्रलाई वेवास्ता गरेका कारबाध्यताबस यो कदम चाल्न
बाध्य भएको संघर्ष समिति संयोजक एवं राप्रपा नेपालका जिल्ला सचिव विश्वबन्धु पौडेलले बताए । साथै उनले माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिईरहने बताए । उक्त एक घण्टे चक्काजाम कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य पुष्पराज बराल, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य शिब पराजुली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन युवा संघ फेदिखोला गाउँ कमिटी सचिव अर्जुन सुवेदीले गरेका थिए ।

Comments are closed.