पोखरा,
नेपाली संगीतमा ख्याती कमाएका पोखरेली ब्याण्ड कन्दराका गायक बिबेक श्रेष्ठको समेत लगानी रहेको शैक्षिक परामर्श केन्द्र म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसको शाखा पोखरामा विस्तार भएको छ । पोखरामा आयोजित एक कार्यक्रममा शैक्षिक परामर्श केन्द्रको उद्घाट्न उहाँकै बुुवा साहित्यकार कवि विष्णुकुमार श्रेष्ठ अल्पविराम र आमा राजेश्वरी श्रेष्ठ ले म्याक्सी म्याक्स को लोगो अंकित व्यानर अनावरण तथा कवि तीर्थ श्रेष्ठले पानसमा बत्ती बालेर शुभारम्भ गर्नुभएको हो ।
पोखरेली ब्याण्ड कन्दराका गायक बिबेक श्रेष्ठको समेत लगानी रहेको म्याक्सी म्याक्सको पोखरा शाखा नेपालका लागि तेस्रो शाखा हो । यस अघि नेपालमा चितवनको पर्सा तथा काठमाण्डौको कुमारीपाटीमा सञ्चालनमा आएको छ । यस बाहेक म्यानमार, लाओस, फिलिपिन्समा समेत यसको शाखा विस्तार गरिएको पोखराका निर्देशक श्रेष्ठले बताउभयो । अष्ट्रेलियामा मुख्य कार्यलय रहेको म्याक्सी म्याक्सले अष्ट्रेलिया लगायत अमेरिका, क्यानडा, युके, युरोपेली देशहरुका कलेज तथा युनिभर्सिटी अध्ययनका लागि परामर्श तथा सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.