पोखरा, १५ पुस । नयाँ गायिका माया पुनको पहिलो गित तथा म्युजिक भिडियो मंगलबार एक कार्यक्रमका बिच पोखरामा सार्वजनिक गरीएको छ ।
‘म सग नेपाली मन छ’ बोलको गित नेपाली सुगम संगितका सदाबहार गायक कर्णदासले सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै गायक कर्णदासले भारतिय नाकाबन्दीको समयमा सार्वजनिक गरीएको यस गितले राष्ट्रप्रेमको भावना जागृत गराउने बताए ।
गायिका माया पुनको गायकीको प्रशंसा गर्दै उनले नेपाली सांगीतिक क्षेत्रमा गायिका पुनका प्रवेश उत्साहजनक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै गायिका माया पुनले आफूलाई यो गितबाट निकै आशा रहेको बताइन्, उनले गितलाई उत्कृष्ट बनाउनको लागी गुणस्तरमा कुनै सम्झौता नगरिएको समेत जानकारी गराइन् ।
मन क्षेत्रीको शब्दमा अर्जुन पोख्रेलको संगित रहेको सो गितको म्युजिक भिडियोलाई निर्देशक अपिल त्रिपाठीले निर्देशन गरेका हुन् । फलानो क्रिएशनले तयार पारेको भिडियोमा केकी अधिकारी, मिलन थापा र बालकलाकार मन्दिप क्षेत्रीले अभिनय गरेका छन् । भिडियोमा सरोज अधिकारीको छायाङ्कन र सुवास अम्गाईको सम्पादन रहेको छ । कार्यक्रममा गितकार मन क्षेत्री, निर्देशक अपिल त्रिपाठी लगायतले बोलेका थिए ।
Comments are closed.