गुटको भेला हैन, पार्टीको भेला हो । ः अष्टलक्ष्मी शाक्य

काठमाडौँ — एमाले नेत्री अष्टलक्ष्मी शाक्यले आफुँहरुले गरेको भेला गुटको भेला नभई पार्टीको भेला भएको बताएकी छन् । साथै उनले पार्टी अध्यक्ष केपी ओलीको समूहले फागुन २८ गते गरेको निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने बताएकी छन् ।नेकपा एमालेको नेपाल–खनाल समूहले बुधबार आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा उनले केपी समूहले गरेको निर्णय विधिसम्मत नभएको बताएकी हुन् । ‘फागुन २८ को भेला पार्टीको होइन गुटको हो, त्यो विधिसम्मत छैन,’ उनले भनिन् ।उनले बुधबारको कार्यकर्ता भेला भने गुटको नभएर पार्टीको भेला भएको दाबी गरिन् । शाक्यले निर्णय सच्याएर यो भेलामा आउन पनि ओलीलाई आग्रह गरिन् । ‘यो गुटको भेला हैन, पार्टीको भेला हो । यहाँ आउन कोही डराउन पर्दैन,’ उनले भनिन् । ओलीले भेलामा सहभागी नहुन धम्की दिएको आरोप पनि उनले लगाइन् ।
‘केपी ओली सच्चिनुपर्छ । पार्टीलाई विधि–पद्धतिमा चलाउनुपर्छ । २८ गतेको निर्णय फिर्ता लिनुपर्छ । त्यसपछि मात्रै हामी छलफलमा बस्न सक्छौं,’ शाक्यले भनिन् ।ओली समूहले फागुन २८ एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो । त्यसपछि रुष्ट बनेको नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएको हो ।

Comments are closed.