पोखरा, २० असार/ एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.ले ‘गुडलाइफ’ ब्राण्डको बिस्कुटमा जारी गरेको उपहार स्किममा विजेताहरुको नामावली घोषणा गरेको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा कम्पनीको उत्पादन खरिद गर्ने गण्डकी धौलागिरी क्षेत्रका थोक तथा खुद्रा बिक्रेताहरुमध्ये लक्की ड्र गरी विजेताहरुको नाम सार्वजनिक गरेको हो । लक्की ड्र मार्फत् खुद्रा बिक्रेतातर्फ ५ ग्रामको चाँदीका सिक्का ४० जनालाई, १० ग्रामको चाँदीको सिक्का १० जनालाई, राईसकुकर १२ जनालाई, माइक्रोवेभ ४ जनालाई, रेफ्रिजेरेटर २ जनालाई र एलइडी टिभी एकजनालाई प्रदान गरिएको छ ।
यसैगरी, थोक बिक्रेतातर्फ १० ग्रामको चाँदीको सिक्का ४० जनालाई, राईसकुकर १० जनालाई, माइक्रोवेभ ४ जनालाई, रेफ्रिजेरेटर २ जनालाई र एलइडी टिभी २ जनालाई प्रदान गरिएको छ । कम्पनीले विगत ५ महिना अघिदेखि गुडलाइफ बिस्कुट खरिद गर्ने खुद्रा तथा थोक बिक्रेताहरुका लागि कुपनमार्फत् लक्की ड्र खोल्ने र नतिजा प्रकाशन गर्दै आईरहेको छ ।
कम्पनीले ‘गुडलाइफ’ ब्राण्डमा ४० भन्दा बढी बिस्कुटहरु उत्पादन गरिरहेको छ भने १० प्रकारका चकलेटहरु समेत उत्पादन गर्दै आएको छ ।
कम्पनीका उत्पादन बिक्रीबाट गण्डकी धौलागिरी अञ्चलमा मात्रै बार्षिक झण्डै १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको बिक्री प्रबन्धक टिकेन्द्र सिवाकोटीले जानकारी दिए ।
सुनसरीको दुहबीमा सन् २०१२ मा स्थापना भएको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि देशकै ठूलो बिस्कुट कम्पनीमध्येमा पर्छ । गुडलाइफ बिस्कुटलाई विश्वव्यापी ब्राण्डका रुपमा विस्तार गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा गण्डकी धौलागिरीका थोक तथा खुद्रा बिक्रेताहरुलाई सम्मान समेत गरिएको थियो भने हाँस्य कलाकार राजा राजेन्द्र र गायिका मुना थापा मगरले बिशेष प्रस्तुती समेत राखेका थिए ।
Comments are closed.