गुड्ने अप्रयाप्त, अब उड्ने पनि प्रभावित, सोमसोमका लागि उडान ठप्प

बाँकी इन्धनले आज जोमसोमका लागि एक-दुई उडान भएपनि सोमबारदेखि पोखराबाट कुनैपनि उडान नहुने अवस्था छ । नेपाल आयल निगम गगनगौंडाले इन्धन उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि आजदेखि नै उडान प्रभावित हुने भएको हो ।


पोखरा २२ कार्तिक
भारतीय नाकावन्दीका कारण इन्धनको अभावमा सडकमा प्रयाप्त गाडी गुडेका छैनन् । कम चलेका गाडीमा पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थामा धेरैले हवाई माध्यमबाट आवातजावत गर्ने गरेका थिए । तर, इन्धनको अभावले अव हावाई उडान पनि प्रभावित भएको छ । स्टक इन्धन सकिएर थप इन्धन नेपाल आयल निगम गगनगौंडाले उपलबध गराउन नसक्ने भएपनि हवाई उडान पनि प्रभावित भएको हो ।

Domestic_Nepali-Airlines_ticket_booked_236315372इन्धनको अभावले पोखराबाट अव कुनैपनि उडान हुन नसक्ने अवस्था आएको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनाथ पौडेलले जानकारी दिए । ‘शनिबार सँधैजसो हुने नियमित उडान भए । तर, अव इन्धन अभावले उडान गर्नै नसक्ने अवस्था छ’ अधिकृत पौडेलले भने, ‘आइतबार बाँकी इन्धनका कारण केही उडान भएपनि सोमबारदेखि पुरै ठप्प हुने अवस्था छ ।’

आयल निगम गगनगोंडाले थप इन्धन उपलब्ध गराउन नसक्ने जानकारी गराइसकेको उनले बताए । जसका कारणले पोखराबाट उडान हुने जोमसोम र काठमाडौं लगायतको उडानमा समस्या भएको छ । कम गाडी चलेपछि मध्यम बर्गका परिवजारले पनि छिटो र सुरक्षित यात्राका रुपमा हवाई माध्यमबाट आवाजजावत गरेका थिए ।


पोखराबाट दैनिक सोमसोमका लागि तारा एयरको ५ र सिम्रिक एयरको ३ वटा जहाजले उडान भर्दै आएका थिए । भने काठमाडौंका लागि सिम्रिक एयरको २, यति एयरको ७ र बुद्ध एयरको ५ वटा जहाजले दैनिक उडान भर्दै आएका थिए ।


‘नाकावन्दी र गाडीको अभावले समस्या उत्पन्न भएवपछि हवाई उडान गर्ने यात्रुको चाप बढेको थियो’, पौडेलले भने, ‘अव भने सबैजना मारमा पर्ने भएका छन् ।’ काठमाडौंबाट पोखराका लागि उडान भर्ने जहाजले इन्धन भारी गरेर पोखरा आए भने उडान हुन सक्ने भएपनि काठमाडौंमा पनि आधा इन्धन कटौटी भएकाले त्यसमा पनि समस्या देखिने उनको भनाई थियो । काठमाडौंबाटै आएका जहाजले भरी गरेर ल्याएको इन्धनले फेरि फर्कन पुग्ने उनको भनाई थियो । एकदुई हप्ता काठमाडौंका लागि उडान भरेपनि जोमसोमका लागि समस्या भएको हो ।

पोखराबाट दैनिक सोमसोमका लागि तारा एयरको ५ र सिम्रिक एयरको ३ वटा जहाजले उडान भर्दै आएका थिए । भने काठमाडौंका लागि सिम्रिक एयरको २, यति एयरको ७ र बुद्ध एयरको ५ वटा जहाजले दैनिक उडान भर्दै आएका थिए । तत्काल हवाई इन्धन उपलब्ध नभए सबै उडान ठप्प हुने पौडेलले जानकारी दिए ।

भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन संकट टार्न र आन्तरिक उडान नियमित गराउन भन्दै निगमले अन्तर्राष्ट्रिय उडानलाई यसअघि नै हवाइ इन्धन उपलब्ध गराउन छाडिसकेको छ । नेपाल एयरलाइन्सले कार्गो उडान गरी बोकेको इन्धनबाट चलेको आन्तरिक उडानलाई समेत इन्धन उपलब्ध गराउन नसक्ने अवस्थामा निगम पुगेको नेपाल आयल निगम हवाइ इन्धन डिपो प्रमुख प्रदीप यादवले बताए ।

Comments are closed.