रोशन लामिछाने
स्याङजा, १३ जेठ
मदिराले मातेका वडा प्रहरी कार्यालय वालिङ स्याङजाका प्रहरी निरिक्षक निरन्जन घिमिरेले गुण्डागर्दी शैलीमा काम गरेको स्थानीयले आरोप लगाएका छन् । निरिक्षक घिमिरेले मदिरा सेवन गरि आईतबार साझ रामबाच्छाका स्थानीयहरुलाई थर्काउने, दुःख दिने गरेको उनीहरुले गुनासो गरे ।
राम्बाच्छा क्षेत्रमा आईतबार बेलुकाको घटनाको बारेमा अनुसन्धान भैरको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विमलराज कडेलले जानकारी दिए । प्रहरी उपरिक्षक कडेलले प्रहरी निरिक्षक कारबाहीको दायरामा आईसकेको बताए ।
राम्बाच्छामा प्रहरी निरिक्षक घिमिरेको अभद्र व्यवहार पछि घिमिरेलाई लिन जिल्ला प्रहरी कार्यालयबाट टोली आएको थियो । जिल्ला जान नमाने पछि प्रहरी उपरिक्षक कडेल रातारात आफै वालिङ गएर घिमिरेलाई जिल्ला ल्याएका थिए ।प्रहरी निरिक्षक घिमिरेलाई सोही रातीनै जिल्ला अस्पताल स्याङजामा लगि मेडिकल गराएका थिए । मेडिकल गर्दा वालिङकका प्रहरी निरिक्षक घिमिरेले मदिरा सेवान गरेको देखिएको छ । मदिरा खाएको रिपोट आएपछि त्यो (ओसी) रिपोर्ट अस्पतालमा नराखी प्रहरीले लगेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
आफुले आईतबार राम्बाच्छा क्षेत्रमा कुनै गल्ती नगरेको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक घिमिरेले जिकिर गरे । प्रहरी निरिक्षक घिमिरेले आफु सरकारको नियममा रही लकडाउनको बेला अरुलाई धेरै भेला भएर नबस्न आग्रह गरेको बताए ।वडाका प्रहरी निरिक्षक घिमिरेले आफु राम्रो बन्न केही समय अघि वालिङका एक मासु व्यवसायीले आफुलाई फसाउन खोजेको भन्दै १५ हजार सहित अख्तियार पोखरामा बुझाएका थिए । ती व्यवसायीले प्रहरी निरिक्षक घिमिरेलाई १५ हजार दिन खोजेका थिए ।
Comments are closed.