३ भदौ, काठमाडौं । गुन्डा नाइके कुमार लामा ‘घैंटे’ प्रहरी इन्काउन्टरमा घाइते भएका छन् । सामाखुसीमा महानगरीय प्रहरी अपराध महाशाखाको सर्च अभियानका क्रममा घैंटेको टोलीले फायर खोलेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।
अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने–सर्चका क्रममा उसले फायर खोल्यो र ढुंगामुढा गरेपछि जवाफी कारबाही गरिएको हो ।’ घटनामा घैंटेसँगै उनका दुई सहयोगी पनि घाइते भएका छन् । उनीहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ । घैंटेलाई कति गोली लागेको छ भन्ने खुलेको छैन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Comments are closed.