पोखरा २० असार/ गजल सन्ध्या पोखरा र नवनित साहित्य सागर पोखराले संचालन गर्दै आएको अक्षरयात्रा साहित्यिक अभियान ‘अक्षरयात्रा’ यसपटक पोखरा छोरेपाटनको गुप्तेश्वर महादेव गुफामा भएको छ । ‘जीवनर जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूल नाराका साथ हुँदै आएको अक्षरयात्राको १ सय १९ औं सृंखला गुप्तेश्वर महादेश गुफा व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा कार्यक्रम भएको हो ।
पर्यटन साहित्यको अवधारणालाई आत्मसाथ गर्दै पोखराका दुई साहित्यिक संस्थाले देशका विभिन्न ठाउँमा अक्षरयात्रा गर्दै आएको छ । प्रत्येक महिनाको तेस्रो शनिबार हुँदै आएको अक्षरयात्रामा जुन ठाउँमा गयो त्यही ठाउँको महत्व, संभावना र स्थानीय विषयबस्तुलाई रचनामा समेटेर सोही ठाउँमा सुनाउने गरिएको सन्ध्याले जनाएको छ ।
अक्षरयात्राको असारे शृंखलामा गुप्तेश्वर पुगेका अक्षरयात्री त्यस ठाउँको महत्व, संभावना, देशको अवस्था र प्रणयका रचना सिर्जना गरि सुनाएका थिए । गजल सन्ध्याका अध्यक्ष बिर्सना बस्नेत र नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको अक्षरयात्रामा स्वागत उपाध्यक्ष अमृत सुवेदी र संचालन सचिव आनन्द भट्टराईले गरेका थिए । अक्षरयात्रामा करिव दुई दर्जन साहित्यकारले रचना वाचन गरेका थिए ।
अक्षरयात्रामा साहित्यकार ईश्वरमणी अधिकारी, रुपीन्द्र प्रभावी, उदिपराज ढुङ्गाना, शिव पलाँस, सुमन लम्साल, सरला लामिछाने सरु, प्रतिक्ष पोखरेल ‘सस्मित’, टिका रेग्मी, जानुका पौडेल, विशाल थापा, कृष्ण अधिकारी ‘त्रुपक’, अम्बिका भण्डारी, केआर ढकाल, दयाराम ओझा, सुमन ढुङ्गाना, गरिमा थापा, जानुका पोडेल, रिता लामिछाने लगायतले रचना वाचन गरेका थिए । अक्षरयात्रा २०६२ सालदेिख निरन्तररुपमा सञ्चालन हुँदै अाएकाे छ ।
Comments are closed.