पोखरा जेठ
गुरुङ (तमू) समाज मकाउले आज पोखरा वृद्धाश्रमका वृद्धावृद्धहरुलाई
खाद्यन्न सहयोग गरेको छ ।
समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङको नेतृत्वमा समाजका अरु सदस्यहरुको
समेत उपस्थितीमा सो खाद्यन्न साम्रगी पोखरा वृद्धाश्रमका कार्यबाहक अध्यक्ष
कुशुम केशव पराजुलीलाई हस्तान्तरण गर्नुभएको हो ।
समाजले वृद्धाश्रमका लागि २० बोरा चामल, २ बोरा दाल, २ बोरा चना, १०
लिटर तेल, लुगा धुने सर्फ १० केजी, नुहाउने साबुन २५ वटा, हर्फिक
र फिनेल ५÷५ वटा, कोलगेट १० वटा र नुन १० केजी गरि ५२ हजार
बराबरको साम्रगी वितरण गरेको समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङले
जानकारी दिनुभयो ।
साथै उहाँले आउने दिनमा पनि आफनो समाजको तर्फबाट
वृद्धाश्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
सहयोग सामग्री ग्रहण गर्दै वृद्धाश्रमका कार्यबाहक अध्यक्ष कुशुम केशव
पराजुलीले सहयोगी दाताहरुप्रति आभार व्यक्त गर्नुभयो । पोखरा
वृद्धाश्रम दाताहरुकै सहयोगबाट सञ्चालन भई रहेको समेत उहाँले
बताउनुभयो ।
Comments are closed.