गुरुङ सँस्कारको फिल्म ‘लेकाली रु’ पोखरामा प्रदर्शन हुने

पोखरा ३ बैशाख ।गुरुङ सँस्कृतिमा आधारित नेपाली फिल्म ‘लेकाली रु’ अर्थात ‘लेकाली सोल्टिनी’को विशेष प्रदर्शन पोखरामा हुने भएको छ । बैशाख ५ गते प्रदर्शन हुने फिल्मको बारेमा निर्माण कम्पनी अठारसय खोला फिल्म प्रोडक्शन प्रालिले विहिबार जानकारी दिएको हो ।

unnamed (7)

फिल्ममा ग्रामिण गुरुङ गाऊँको कथालाई प्रस्तुत गरेको निर्देशक प्रितम गुरुङले जानकारी दिए । मनाशलु ट्रेकिङ रुटमा पर्ने लाप्राक गाऊँमा फिल्मको छायाँकन भएको हो । ‘फिल्ममा गुरुङ सँस्कृति र त्यहि सँस्कृतिका मानिसहरुबीचको प्रेम सम्बन्धलाई चित्रण गरिएको छ ।’ निर्देशकले भने–‘दर्शकले फिल्मको दृश्य र मनोरञ्नात्मक प्रस्तुतीलाई मन पराउनुहुनेछ भन्ने मेरो विश्वास छ ।’ फिल्म बारपाक, लाप्राक, गुम्दा, आरुघाट र काठमाण्डौमा छायाँकन भएको छ ।

विहिबारको पत्रकार सम्मेलनमा फिल्मका मुख्य अभिनेता बीरबल गुरुङ र अनुता गुरुङ समेत सहभागी थिए । उनीहरुले पनि फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिए । सामान्यता बनिरहने गुरुङ सँस्कृतिको फिल्मका तुलनामा ‘लेकाली रु’ मेकिङको हिसाबले पनि उत्कष्ट बनेको उनीहरुले तर्क गरे । फिल्ममा यी दुई कलाकारसंगै बुध गुरुङ, आईतराम गुरुङ सब्बु गुरुङ राज गुरुङ, प्रमे गुरुङ र खेम काले गुरुङले अभिनय गरेका छन् ।

आँशु लामाको संगीत रहेको फिल्मको गीतहरुमा आँशु लामासँगै गायिका शान्ति गुरुङले पनि गाएकी छन् । फिल्ममा गोबिन्द्र प्रभात र मनाङ गुरुङको कोरियोग्राफि रहेको छ । जनक गुरुङको द्वन्द निर्देशन रहेको फिल्मलाई अभिषेक माझिले खिचेका हुन् ।फिल्मलाई निर्माण कम्पनीले यसअघि काठमाण्डौमा २ पटक, गोरखा बजार, आरुघाट बजार, डुम्रे, नवलपरासी लगाएतका स्थानमा प्रदर्शन गरिसकेको छ । चाँडै फिल्मलाई प्रदर्शनको लागि विदेशी बजारमा लगिने निर्माण कम्पनीले जनाएको छ ।

Comments are closed.