गुरूङ दम्पतिले गरे व्यवसायीलाई घर भाडामा छुट।

 

 

पोखरा

समाजसेवी चन्द्र बहादुर गुरूङ दुरपति गुरूङले  पोखराको लेकसाइडस्थित आफ्नो घरमा भाडामा व्यवसाय गर्ने  व्यवसायीमा कोभिड१९ ले पर्न गएको असरलाई मध्यनजर गर्दै घरभाडमा छुट दिने घोषणा गरेका छन्

घर भाडा छुट अन्तर्गत गुरूङ दम्पतिले दुई महिनाको पुरा भाडा छुट,  महिनाको भाडामा  ५० प्रतिशत छुटका साथै महिनाको भाडाडिपोजिट बाट काटिने गरि यस महामारीको समयमा आफ्ना घरमा व्यवसाय गर्नेलाई केही सहज बनाइदिएका छन्।

गुरूङ दम्पतिको घरमा पोखराका युवा व्यवसायी तथा विधार्थी नेता आशिक गुरूङको होटल माउन्टेन टप संचालनमा छ। लाखौँ लाखरुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर बस्नु पर्दा घरभाडा तिर्न सकिरहेका छैनन् , व्यवसायबाटपलायन हुनुपर्ने अवस्था समेत देखिएको आफुहरू पनि  पहिला यही व्यवसायमा लागेको  भएर व्यवसायमा पर्न गएको असरलाईध्यानमा राखेर आफुहरूले घर भाडामा छुट दिएको घर मालिक चन्द्र बहादुर गुरूङले  बताए।

कोभिड१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान रहेको विश्वव्यापी रुपमा फैलिएको यस  महामारी त्यसलेव्यवसायीलाई  पुर्याएकको असरलाई मध्य नजर गर्दै आफ्ना घरबेटीले दिएको घरभाडा छुट एक प्रशंसनीय तथा उदाहरणीय कार्य रहेको  अन्य घरबेटीले समेत गुरुङबाट पाठ सिक्नुपर्ने कुरा होटल माउन्टेन टपकी सह संचालिका सुमिका बिजुक्छेले  जानकारी दिईन।

घरबेटीले छुट दिए सँगै सोही घरमा अन्य व्यवसाय गर्नेहरूलाई पनि आफुले घरभाडामा छुट दिएको कुरा आशिक गुरूङले जानकारी दिए त्यस्तै होटल माउन्टेन टपका संचालक आशिक गुरूङले कोभिड१९ का कारण पछिल्लो समयमा विश्वको अर्थतन्त्र नै ओरालो लागेको, स्वंम विश्व स्वास्थ संघठनले नै अब विश्व सबै कोरोना भाईरस  सँगसँगै बाँच्न सिक्नुपर्ने भनेको अवस्थामा लकडाउन मात्रै समस्याकोसमाधान नरहेको सबै क्षेत्रलाई  सचेत तथा सावधानी अपनाएर व्यवसाय संचालन गर्न दिनुपर्ने कुरामा जोड दिए

साथै यस महामारीले गर्दा देशमा बेरोजगारीको  समस्या बढ्दै जाने कुरा निश्चित रहेको सरकारद्वारा युवाहरूलाई देशमै केही गर्नकालागि नयाँ योजना पहल गरिनुपर्ने बताए।

राजनितिमा पनि सक्रिय रहेका गुरूङले युवाहरू भनेकै भोलि देशको मेरुदण्ड भएकाले  सम्पुर्ण युवाहरू यस महामारीसँग लडेर देशबिकासमा एक जुट हुनुपर्ने बताए।

(होटल माउन्टेन टपका संचालक आशिक गुरूङ पोखराका युवा व्यवसायी , समाजसेवी तथा पोखराको जनप्रिय बहुमुखी  क्याम्पसकासंस्थापक स्ववियु सभापति हुन।)

Comments are closed.