गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाउँदै क्योकुशिन कराँते खेलाडी

आज गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने विशेष दिनको अवसरमा नेपाल स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते तथा नेपाल क्योकुशिन काइकान कराँते कास्कीका खेलाडीहरुले गुरुहरुप्रति श्रद्धा भाव प्रकट गरी गुरु पूर्णिमा मनाएका छन ।
कोरोना सन्त्रासकाबीच नेपाल स्ट्रोङ्गेष्ट क्योकुशिन कराते ब्ल्याक बेल्ट कमिटीद्वारा उच्च सतर्कता अपनाउदै आयोजना गरिएको उक्त गुरु पूर्णिमा विशेष कार्यक्रममा नेपाल स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते गण्डकी प्रदेश प्रमुख शिव गुरुङ, संघका अध्यक्ष कृष्ण बहादुर नेपाली, क्योकुशिन काइकान कराते संघका अध्यक्ष प्रकश क्षेत्री साथै रत्न आले मगर, लक्ष्य राना, गणेश लामा, बिजय आले लगाएतका वरिष्ठ गुरुहरुलाई खेलाडीहरुले विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गरी उपहार समेत दिदै खेल क्षेत्रमा गुरूको महत्व अनौठो र अनुपम रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख गुरुङ तथा उपस्थित अग्रज गुरुहरुले खेलाडीहरुको श्रद्धा र सम्मानप्रति प्रसंशा गर्दै व्यक्तिगत गुण, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वासी, परिश्रमी, नैतिकवान र चरित्रवान व्यक्तिको रुपमा समाजमा स्थापित हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको गरिमा उच्च पार्न सुझाएका थिए ।

Comments are closed.