गेट वे फाउन्डेसन लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्र मा पारिवारिक सचेतना कार्यक्रम सम्पन्न

पोखरा,

पोखरा १४ चाउथेमा रहेको गेट वे फाउन्डेसन लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्र मा पारिवारिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।लागुऔषधको दुर्बेसनमा फसेका युवाहरूलाई उपचार गरि समाज अनि परिवारमा पुनस्र्थापित गर्ने गेटवय फाउन्डेसन ले बिगत लामो समय देखि गर्दै आईरहेको छ ।
पारिवारिक सचेतना कार्यक्रममा ३० जाना उपचारमा रहेका उपचारत सदस्यका अभिवाबक को उपस्थिति रहेको थियोे ।


उक्त कार्यक्रम को आयोजना को बारे जानकारी गराउदै संस्थाका परामर्शदाता सागर भण्डारीले यो कार्यक्रम हरेक दुई महिना हुने र उपचार पछि पुन लागुऔषध सेवन नगर्नेको लागि परिवारले कस्तो खालको भुमिका खेल्ने भन्ने रहेको बताए।
यसै गरि संस्थाका कार्यक्रम संम्योजक सुनिल गुरूले उपस्थित अभिवावक हरूलाई लागुऔषध सेवनका कारण हरू सेवन पछि यसले परिवार समाज शारिरिक मानसिक रूपमा पार्ने प्रभाव र यसको समधानको बिषयमा अभिमुखिकरण कार्यक्रम प्रस्तुत गरेका थिए ।।
हाल फाउन्डेसनमा ५० जाना दुर्बेसनि हरू उपचारमा रहेका छन् । कार्यक्रम को सञ्चालन संस्थाका कर्मचारी जनक गुरूङले गरेका थिए ।

Comments are closed.