गोंगबुमा विदेश हिँडेका युवा मृत फेला, २ जना पक्राउ

काठमाडौं । स्याङ्जाबाट विदेश उड्नका लागी काठमाडौं आएका थिए ३२ वर्षीय नारायणबहादुर घर्ती क्षत्री । आइतबार विहान गोंगवुको गोदावरी सन्तोषी गेष्ट हाउसमा उनको शव भेटिएको छ । नारायणबहादुरको हत्या भयो वा स्वभाविक मृत्यु भयो भन्ने खुलेको छैन । घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा धब्बुराम बस्ने र राजकुमार कवार योगी छन् । शुक्रवार दिउँसो मृतकसँगै उनीहरुसँगै बसेर होटलमा खानपिन गरेका थिए । धब्बुरामलाई काठमाडौंको आरुबारीबाट पक्राउ गरिएको छ । राजकुमारलाई सुनवलबाट पक्राउ गरेर काठमाडौं ल्याइँदैछ ।

नारायणबहादुर विदेश जानका लागी स्याङ्जाबाट काठमाडौं आएका थिए । विदेशमा बस्दा धब्बुराम र मृतकको बीचमा चिनजान भएको थियो । मध्यान्हसँगै बसेर शनिवार साँझ उनीहरु छुट्टिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतकको शव परीक्षण रिपोर्ट आउन बाँकी छ । रातोपाटीबाट

 

Comments are closed.