पोखरा १० पुस/ सगरमाथा चढ्ने अभियानमा रहेका एचआइभी संक्रमित गोपाल श्रेष्ठलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गर्न शुरु गरेका छन् । अर्थ संकलन गर्न शुरु गरेको झण्डै तीन सातामा उनको सहयोगका लागि ८ लाख १० रुपैयाँ संकलन भैसकेको छ । देश विदेशका विभिन्न संघसंस्थाहरु उनको अभियान सफल पार्न आर्थिक संकलनमा जुटिरहेका छन् । यसैक्रममा जिल्ला विकास समिति कास्कीले मंगलबार श्रेष्ठलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कास्कीका स्थानिय विकाश अधिकारी तारानाथ अधिकारीले श्रेष्ठलाई एक समारोहकाबीच चेक हस्तान्तरण गरेका हुन् ।
यसअघि श्रेष्ठलाई युकेबाट हरिकुमार श्रेष्ठ र उनका साथीहरुले ३ लाख, युकेबाटै भोजराज बरालले १ लाख ५० हजार, युकेकै विष्णुप्रसाद श्रेष्ठबाट २० हजार, रचिता गोर्खाली (डेनमार्क ) ३० हजार, गोपालका पिता जुठेलाल श्रेष्ठले १ लाख, भिनाजु देवेन्द्र गोर्खालीले ५० हजार, बगर भाइखलकले २० हजार, ड्यामसाइड टोल विकास समितिले १० हजार ५, लागूपदार्थ नियन्त्रण तथा समाजसुधार आमा समूहबाट १० हजार ५, मदन भट्टराईबाट १० हजार सहयोग गरेका छन् ।
त्यसैगरि जर्मनबाट दिपक गुरुङ्गले ६ हजार, राधाकृष्ण गुरुङ्ग दिपबाट २ हजार, केदारेश्वर योगाका भगवति शर्माले २ हजार, अनिता दलामीबाट १ हजार ५ शय तथा गुणराज आचार्यबाट २ हजार सहयोग प्राप्त भएको श्रेष्ठले बताए । केदारेश्वर योगाकै अन्य सहयोगीहरुबाट ४ हजार प्राप्त भएको छ भने युद्ध गुरुङ्ग बगरबाट ५ सय, गोपाल श्रेष्ठ १ हजार, मिना श्रेष्ठ ५ सय, सुजन गुरुङ्गले ५ सय रुपैयाँ सहयोग गरेका छन् । घृणा वा हेला होइन,एचआइभी संक्रमितहरुलाई अवसर दिइए उनीहरुले जस्तो सुकै काम पनि गरेर देखाउन सक्छन भन्ने सन्देशका साथ श्रेष्ठले सन् २०१५ को अप्रिल महिनामा सगरमाथा चढ्दैछन् ।
Comments are closed.