गोमा एयरको विमान पाेखरा विमानस्थलकाे धावनमार्गमा ठोक्कियो,

Goma-air-Pokhara१९ जेठ, पोखरा । मुस्ताङको जोमसोमबाट पोखरा आएको गोमा एयरको विमान मंगलबार विहान अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ ।

अवतरणका क्रममा 9 N AKY विमानको अगाडिको भाग धावनमार्गमा ठोक्किँदा सामान्य क्षती भए पनि कुनै मानवीय क्षति नभएको पोखरा विमानस्थल प्रशासनले जानकारी दियो । विमानमा १८ जना सवार थिए ।

‘यो कुनै दुर्घटना होइन, विमानको अगाडिको ‘नोज’ सामान्य ठोक्किएको मात्रै हो,’ विमानस्थलका एक कर्मचारीले  भने, ‘सबै यात्रुहरु सकुशल उत्रिएका छन् ।’

सुरुमा विमानको पाङ्रा नखुलेका कारण दुर्घटना भएको अनुमान गरिए पनि पाङ्रा सकुशल खुलेको पाइएको प्रहरी पहरी स्रोतले बतायो ।
गोमा एयरले जोमसोम-पोखरा यसै वर्षदेखि उडान भर्न थालेको थियो ।

Goma-air1

 

Comments are closed.