राजेन्द्र न्यौपाने
गोरखा, ९ वैशाख । जिल्लाको शहिद लखन गाऊँपालिकामा चैत १ गतेपछि भारत
लगायत अन्य मुलुकबाट आएका नागरिकहरुको कोरोना भाइरसको आरडिटी जाँच गर्ने
क्रमम ४२ जनाको जाँचमा नेगेटिभ नतिजा देखिएको छ । वडा नं १,२,३,४, र ५ का
१६ जनाको जाँच मनकामना स्वास्थ्य चौकीमा र वडा नं। ६,७,८ र ९ को जाँच
नामजुङ स्वास्थ्य चौकीमा २६ जनाको गरिएको थियो ।
चेकजाँचका क्रममा सहयोग गर्ने स्वास्थ्य कर्मीहरु र यसमा सहयोग गर्ने
सुरक्षा संयन्त्र स्थानीय नागरिकहरु सबैलाई गाउँपालिका अध्यक्ष रमेश थापा
मगरले धन्यवाद प्रदान गरेका छन् ।
Comments are closed.