हटलाईन संबाददाता
पोखरा, असार २६
भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरुङले बिहिबार साँझ घरमा फोन गरेनन् । काठमाडौं बस्दै आएकी श्रीमती बालमाया गुरुङलाई बिहिबार बिहान भने फोन गरेका थिए । त्यतिबेला उनले लडाईमा जाने भनेर केही खबर गरेका थिएनन् ।त्यसो त भारत– पाकिस्तानवीच युद्ध विराम भएकाले लडाई हुने आँकलन पनि थिएन । भारत र पाकिस्तानको सिमा क्षेत्र जम्मु कस्मिरमा ३÷८ जिआरमा कार्यरत सम्बुर भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र गएराती ड्युटीमा खटिएका थिए ।जम्मु– कश्मिीरको लाइन अफ कन्ट्रोल )एलओसी) नजिकै शुक्रबार बिहानै अचानक गोलाबारी भयो । गोलाबारीमा परेर ड्युटीमा रहेका सम्बुर घाइते भए । उपचारका क्रममा शुक्रबार बिहानै उनको ज्यान गयो । पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर सम्बुरले ज्यान गुमाएको भारतीय सेनाले जनाएको छ ।भारतीय सेनामा सम्बुर भर्ती भएको १८ बर्ष पुगेको उनको आफन्तले जनाएका छन् । गत माघमा घर छुट्टी आएर फर्किएर सम्बुर मिल्यो भने दशैं मान्न घर आउने बताएका थिए । उनको शव ल्याउन कोरोना भाइरसका संक्रमण फैलिन नदिन भएको लकडाउनका कारण समस्यामा परेको आफन्तले जनाएका छन् ।सम्मरका श्रीमती बालमायाबा दाजु सुनबहादुर गुरुङले परिवारलाई भारत लैजाने तयारी भइरहेको बताए । उनले गाउँपालिकाको कार्यालय पुगेर भारतसम्म जानका लागि सवारी पासको सिफारिस लिएका छन् । मृतकका परिवारले भने अनुसार सिफारिस दिएको गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताए ।
मृतक सम्बुरका परिवारका अनुसार भारतीय सेनाले पनि सम्बुरको शव नेपाल ल्याउन नचाहेको बताएका छन् । भारतमै सम्मान सहित सदगद गर्न परिवारलाई बोलाएको जनाएका छन् । अहिले सम्मरका श्रीमती बालमाया, दुईवटा छोरी, दाजु जितबहादुर, जेठाजु सुनबहादुर र सम्मरको पल्टनमा काम गरेर अवकाश पाएका भुपू श्यामबहादुर गुरुङ लगायत भारत जाने तयारी गरेको सुनबहादुरले बताए ।दिनहुँ घरमा फोन गरिरहने सम्बुरको कहिलेकाँही फोन आउँदैनथ्यो, यताबाट फोन गर्दा पनि लाग्दैनथ्यो । बिहिबार बिहानदेखि घरमा सम्पर्क नगरेका सम्बुरले यसअघि जस्तै फोनमा समस्या होला भनेर परिवारले सोचेर बसको थिए ।‘कहिलेकाँही फोन लाग्थेन, सम्बुरका जेठी छोरी इला गुरुङले भनिन्, हिजोदेखि फोन नआएको त यस्तो हुन रहेछ ।’इलाले बुधबार बिहान मात्र बुबासँग फोनमा कुरा गरेकी थिइन् । त्यतिबेला उनलाई यस्तो लडाइ हुन्छ भनेर बुबाले केही भनेका थिएनन् । जम्मु– कश्मीरमा तलमाथि गरिरहने भएकाले पनि इलाले यस्तो सोचेकी थिइनन् ।शुक्रबार बिहान इला सुतिरहेकी थिइन् । उनकी आमा बालमाया भने फोनमा बोल्दै थिइन् । फोनमा बोल्दा– बोल्दै आमा डाँको छोडेर रुन थालिन् । त्यसपछि इला उठिन् । उनले फोन उठाइन् ।उनलाई पनि त्यही दुखद समाचार आयो । जम्मु–कश्मीरबाटै फोन आएको रहेछ । ‘मम्मी एक्कासी रुनुभएपछि मैले उठेर फोन उठाएँ, इलाले भनिन्, बुबाको पल्टनबाट साबले फोन गर्नुभएको रहेछ, फोनमा बुबा शहिद हुनुभयो भनेर भन्नुभयो ।’
Comments are closed.