–बहिनी अर्चना
सानोछँदाको अविष्मरणीय क्षणहरु आँखा भरि छाइरहेका छन् । सँगसँगै हुर्किँदाका क्षणहरु सम्झेर हामी परिवार सबैजना हाँसिरहन्थ्यौं । तर, अहिले हामीसँग नरहनुभएको सानदाइको सबै रमाइला क्षण सम्झँदा पनि आँखा रसाएर आउँछ । भक्कानो फटेर आफूलाई सम्हाल्न अति गाह्रो हुने रहेछ । हे भगवान जे भए पनि बाँच्न त पर्ने रहेछ र यिनै भगवानले बाच्न पनि शक्ति दिने रहेछन् ।
बाल्यकालको क्षण पोखरामा ममी, ठुल्दाई, सानदाइसँग बिताएँ । सानो उमेरको जहिलेदेखि सम्झना छ त्यँहिदेखि सानदाई सँगै नै छ । हामी लक्ष्मी मावि. लेखनाथमा पढ्थ्यांै, हजुरबाले हामीलाई पानिको कुलो फट्काएर अनि खेतको बाटो स्कूल पु¥याउनुहन्थ्यो । सानदाई सानोदेखि नै रमाइलो गर्नुपर्ने साथीहरु धेरै हुन्थे । एक जना सुर्य दाईसँग मिलेर पानि पर्ने मौसमको दिन, रुखको गुँडबाट झरेका डाङ्ग्रेका बच्चालाई घरमा ल्याएर पाल्नुभएको थियो । हृदय त साह्रै कोमल । अनि हाम्रो मामाघरको पोल्ट्रिफार्मका कुखुराका चल्ला ल्याएर पाल्यौं अनि सानदाइको चल्लालाई रातो टिका लाएर चिन्ह लाउनु हुन्थ्यो अनि ठूल्दाई र सानदाई माछा मार्न जाँदा ममिले धेरै डुल्छन् भनेर गालि गर्नुहुन्थ्यो । अनि घरमा लड्डु र चुंगी खेलेको पनि धेरै याद छ ।
सानदाईको जन्म माघ १८ गते भएको हो । ममीले संधै जन्मदिनको बिहान सबेरै दाईलाई नुहाउन लगाउनुहुन्थ्यो । काठमाडौंको जाडोमा त्यो पनि माघको महिनामा सानदाईलाई नुहाउन मरेतुल्य हुन्थ्यो । अहिलेको साल त्यही माघ १८ गते सानदाईलाई भगवानले लगे ।
त्यसपछि हामी स–परिवार काठमाण्डौ स¥यौं । कुरो त्यहि २०४६÷४७ साल तिर हो । हामी पाटनमा बस्थ्यौं । अनि ललितपुर माविमा पढ्थ्यौं । स्कूल जाँदा आउँदा बाटोमा ठूलो एक्युरियमको पसल थियो । सानदाई सँधै त्यो पसल अगाडि उभिएर माछाहरु हेर्नुहुन्थ्यो । हुन त माछा त देखेकै हो तर, त्यहाँका रंगिविरंगी माछाहरु अनि थरिथरिका आकार भएका देख्दा साह्रै रमाइलो लाग्थ्यो । पछि घरमा दाइले नै एक्युरियम किनेर ल्याउनुभयो । अनि सानदाईको जन्मदिन हो सरस्वति पुजाको दिन । हुन त माघ १८ गते हो तर जन्मदा त्यही तिथि परेको हो । ममीले संधै जन्मदिनको बिहान सबेरै दाईलाई नुहाउन लगाउनुहुन्थ्यो । काठमाडौंको जाडोमा त्यो पनि माघको महिनामा सानदाईलाई नुहाउन मरेतुल्य हुन्थ्यो । अहिलेको साल त्यही माघ १८ गते सानदाईलाई भगवानले लगे । पछिका समयहरुमा रमाइला थिए, सानदाइसँग स्कूल जाँदाआउँदा । स्कूल ढिलो पुग्दासँगै उठबस गरेको अनि जाडोमा चाउचाउको जमेको घिऊ दाइले काखि मुनि राखेर पगालेको अनि फेरी दाईले अनेक जादुहरु सिकेर घरमा रमाइलो गरेको सबै याद छ र यि यादहरु सधै रहनेछन् अब स्मृतिमा रहे । तर पनि दाइ यहि हुनुहुन्छ झैं लाग्छ ।
एस.एल.सी. दिने बेलामा सानदाई होस्टलमा बस्नुहुन्थ्यो एक दिन ममी दाईलाई भेट्न जाँदा दाइको कोट नै छैन । जाडोमा दाइ त सर्टमात्रै लगाएर स्कूलमा हुनुहुन्थ्यो । कहाँ गयो कोट भन्दा एक जना भाइको जाडोमा लाउने लुगा नभएर दिए भन्नुभयो । ममीको गालि पनि खानुभयो । पछि घरमा ठूल्दाई र दिदीले लक्ष्मी प्रसाद देवकोटा भन्दै सानदाईलाइ धेरै नै जिस्काउनु भयो । यस्तै यस्तै धेरै कुराहरु छन् जति मनमा भएपनि लेख्न गाह्रो भइरहेको छ । समय वित्दै जाँदा सानदाई नोबेल कलेजमा दस जोड दुई पढ्नु भयो । दाईको साथिहरु मेरो लागि सबै समान रहे, अभिषेक दाई, विवेक दाई, राजमणि दाई, गौतम दाई, सुधन दाई, पासा दाइर्, सुजित दाई, सुरेश दाई अत्री दाई । एक चोटी त सुधन दाई त दशैंमा हाम्रो घरमा आउनुभयो तर सानदाई अष्टे«लिया हुनुहुन्थ्यो । सुधन दाइलाई मामाघरमा कोहो भनेर सोध्नु भयो अनिलको साथि अनिल खोइ त ? छैन । अष्टे«लियाको १८ महिनाको बसाईमा दुःख सुख पढाइ र काम गर्नुभयो पछि नेपाल फर्किएर समाजशास्त्रमा बि.ए. पाटन मल्टिपल क्याम्पसबाट पुरा गर्नु भयो । काठमाण्डौको बसाईमा दाई वरिपरिका साथिभाइहरु क्याम्पसका साथिहरुसँग खुल्ला र निश्चल हृदयले सम्बन्ध कायम भयो । घर परिवारमा सधै रमाइलो बनाउने हाँसोको बातावरण रह्यो ति सबै कुराहरु क्षणिक रहेछन् । सानदाई पोखरामा बसेको यहि पछिल्ला दशवर्षमा विहे गरी भाउजु ल्याउनु भयो । घरमा नयाँ रौनक छायो । विहेको एक वर्ष पछि नै नानु घरमा आई । लक्ष्मीको बास भयो । घरमा आइरहने बहाना हामी सबैको नानु नै थिइ । सधै हेर्न मन लाग्ने । हामी सबैजना परिवारलाई बाधेर राख्ने नानु रोज नै बनि । दशैं, तिहार हरेक चाडपर्व खुशीयालिको साथमा विते । हामी सबैकी आँखाकी तारा । हुन त दाई भाउजु नानु अब चम्किलो ताराहरु बनेर आकाशमा रहे । शरिर नभएर पनि यो दिमाग, मन मस्तिष्कमा उनीहरु नै छाइरहनेछन् सधै भरी । घुमिरहेछन् मनसपटलमा ।
Comments are closed.