घरेलु मदिरा तथा अबैध मदिरा नियन्त्रण!!

पोखरा २८

कालिका सामुदायिक युवा क्लब,सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कालिका तथा स्थानीय महिला समुह,समाजसेवी,बुद्दिजिविहरुको सक्रिय सहभागितामा शान्तिमैदान-कालिका-सुर्केमैदान क्षेत्र वरपर अन्दाजी ५०० लिटर घरेलु मदिरा तथा अन्दाजी ४०० बोतल अबैध मदिरा नियन्त्रणमा लिइएको छ। केही समयअगि वडा कार्यालय संगको समन्वयमा रहि कार्यक्रम अगाडि बढाउने भनी अभियानको संकल्प गरिएको र आजदेखी त्यसलाई सुरुवात गरिएको महिला समाजसेवी सबिता नेपालीले जानकारी गराइन।

कालिका सामुदायिक युवा क्लबका अध्यक्ष सुनिल ढकालले समाज सुधार गर्ने अभियानले अगाडि बढेका युवाहरुलाई प्रत्येक निकायले सहयोग गरिदिनुहुन अपिल गरेका थिए। मदिरा नियन्त्रण पश्चात् सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाका प्रहरी इन्चार्ज श्रीराम रानाभाटलाई नियंत्रित मदिरा जिम्मा दिदै वडासंगको समन्वयमा त्यसलाई नष्ट गर्न आग्रह गर्दै वडा प्रतिनिधिको अनुपस्थितिले अनेकन बाधा झेल्नुपरेको प्रतीपनि ध्यानाकर्षण गर्दै युवा संरक्षक राजेश दियाली सुनारले वडा कार्यालयलाई प्रत्येक गतिविधिमा सहयोग गर्न आह्वान गरेका थिए।

शान्तिमैदान-कालिका-सुर्केमैदान क्षेत्रभित्र संचालित उक्त कार्यक्रममा भने वडा संगको समन्वयकारी भुमिकामा संचालन गर्ने भनिएतापनि वडा प्रतिनिधि तथा वडा कार्यालयको अनुपस्थिती प्रती आफुहरुले विभिन्न अवजसहरुको सामना गर्नुपरेको भन्दै सामुदायिक युवा क्लबका सचीव सागर अधिकारीले आजका दिनदेखि नै लागु हुनेगरि वडा कार्यालयले इजाजत प्राप्त नगरेका मदिरा बिक्री बितरण गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने र इजाजत प्राप्त व्यवसायीहरुले पनि अबैध मदिरा(बटारे) बिक्री गर्न नपाउने र बिक्री गरेको पाइएमा कारवाहि गर्ने नितिनियमको निर्माण गरेर महानगरकै पहिलो घरेलु मदिरारहित वडा बनाउने अभियान सफल पार्न वडा प्रतिनिधिलाई आग्रह गरेका थिए।

स्थानिय युवा,सामुदायिक प्रहरी,महिला,समाजसेवी,बुद्दिजिवी गरि करिव ५ घण्टासम्म चलेको उक्त कार्यक्रममा ७० जनाको उपस्थिति रहेको थियो भने नियंत्रित मदिराको भने वडा कार्यालयको उपस्थितिमा भोलि बिहान मात्रै नष्ट गर्ने प्रहरी हवल्दार श्रीराम रानाभाटले जानकारी दिए।

Comments are closed.